सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने

धनगढी । प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रतिष्ठान सञ्चालन गरिने जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।

केन्द्र सरकारले गेटा मेडिकल कलेजका लागि ९० प्रतिशत संरचना निर्माण गरिसकेको छ । यद्यपि कुन मोडलमा सन्चालन गर्ने भन्ने निर्क्योल भैसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *