वाग्मती सरकारको बजेट : आगामी आर्थिक वर्ष ‘घुमफिर वर्ष’

चितवन । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० लाई
‘घुमफिर वर्ष’ घोषणा गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्षको बजेट भाषण प्रस्तुत गर्दै पर्यटन विकासको प्रवर्द्धन गर्न घुमफिर वर्ष घोषणा गरिएको बताए ।

उनले घुमफिर वर्षमा पर्यटन प्रवर्द्धनको लागि आवश्यक बजेट विनियोजन गरिने बताए ।
उनले वाग्मती प्रदेशका प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक स्थापना गरिने बताए । यस आयोजनाको लागि ८ करोड २७ लाख बजेट विनियोजन गरेको उनको भनाइ थियो ।

मन्त्री जमरकट्टेलले हेटौँडामा दुग्ध पाउडर प्लान्ट सञ्चालनमा ल्याउने बताए । उनले दुग्ध प्लान्टको लागि आवश्यक बजेट विनियोजन गर्ने बताए ।

उनले काभ्रेमा पनि मिनी दुग्ध पाउडर प्लान्ट स्थापनाको लागि बजेट विनियोजन गरिएको बताए ।

मन्त्री जम्मकट्टेलले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढीमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्ने बताए । उनले यस परियोजनाको लागि १३ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *