गण्डकीको आगामी बजेट ३६ अर्ब (पूर्णपाठ)

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि करिब ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
बुधवार अर्थमन्त्री रामजी बरालले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यसमध्ये पुँजीगततर्फ २२ अर्ब १४ करोड र चालूतर्फ १३ अर्ब २६ करोड छ । प्रतिशतका आधारमा पुँजीगत ६२ प्रतिशत, चालू ३६ प्रतिशत र वित्तीय व्यवस्थामा १ प्रतिशत छ ।
पूरा बजेटमध्ये सबैभन्दा बढी नेपाल सरकारको अनुदान छ । प्रदेशको आन्तरिक श्रोतबाट जम्मा ५ अर्ब आम्दानी हुने अनुमान छ । बाँकी रहेको रकम सरकारी अनुदान छ ।
सरकारले वित्तीय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटमा ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपूरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड दिनेछ ।
रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान प्रदेश सरकारको छ । करिब ३ अर्ब रुपैयाँ यही वर्ष खर्च हुन नसकेको रकम बच्ने अनुमान छ । त्यति गर्दा पनि २ अर्ब ऋण लिनुपर्ने गरी बजेट बनाइएको छ ।
२ अर्बमध्ये १ अर्ब आन्तरिक र १ अर्ब नेपाल सरकारबाट ऋण लिने अर्थमन्त्री बरालले बताए ।
पूर्णपाठः









