मनोज पाण्डेविरुद्ध २ वटा कसुरमा मुद्दा दर्ता, १८ वर्ष कैद माग

काठमाडाैँ । सुन्दरी प्रतियाेगिताका आडमा याैन दुर्व्यवहार गरेकाे आराेप लागेका मनाेज पाण्डेविरुद्ध काठमाडाैँ प्रहरीले २ वटा कसुरमा मुद्दा दर्ता गरेकाे छ ।

प्रहरीले उनीमाथि मानव बेचविखन र यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत काठमाडाैँमा मुद्दा दर्ता गरेकाे हाे ।

पाण्डेमाथि मानव बेचविखनमा १८ वर्षसम्म र यौन दुर्व्यवहारमा ३ वर्ष कैद माग गरिएको छ ।बिहीबार उनीविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस हुनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =