गण्डकी बजेट : रिडीदेखि लिगलिगकोटसम्म गण्डकी ट्रेल बनाइने

पोखरा । गण्डकी सरकारले पाल्पाको रिडीदेखि गोरखाको लिगलिगकोटसम्म विशेष पदमार्ग निर्माण गर्ने भएको छ ।

बजेटको ट्वाक्कै अंक नभएपनि त्यसका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए ।

उनका अनुसार गण्डकीलाई प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटनको राजधानी बनाउने कार्यक्रम ल्याइएको छ ।

यस्तै, प्रदेशभित्रका प्रमुख तालको कनेक्सन ट्रेल बनाउने, प्रत्येक स्थानीय तहमा प्रमुख पर्यटकीय पदमार्ग निर्माण गर्ने घोषणा गरिएको छ । व्यास, छाब्दी, रामकोट, बन्दीपुर, छिम्केस्वरी, हिलेखर्क, गोरखा, देवघाट मौलाकाली लगायत ठाउँमा पदमार्गको गुरुयोजना निर्माण गर्ने कार्यक्रम छ ।

डीपीआर तयार भएका प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास गर्ने र त्यसका लागि २ करोड २० लाख विनियोजन गरेको छ । होमस्टेलाई स्थानीय उत्पादनमा आधारित गर्ने तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम आयोजना गरिने बरालले बताए ।

गण्डकी सरकारले सुरुदेखि नै होमस्टेलाई विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *