गण्डकी बजेट : हिमाली जिल्लामा स्याउ उत्पादन गर्न साढे १७ करोड

पोखरा । गण्डकी सरकारले हिमाली जिल्लामा स्याउ पकेट कार्यक्रमलाई निरन्तरता दिएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखामा स्याउ उत्पादन र प्रशोधन केन्द्रको रूपमा विकास गर्ने सरकारी कार्यक्रम छ ।

यहाँ उच्च घनत्वको स्याउ बगैँचाको विकास र विस्तार गर्ने र स्याउमा आत्मनिर्भर हुने तथा आयात रोक्न १७ करोड ५० लाख विनियोजन गरेको सरकारले जनाएको छ ।

हरेक वर्ष प्रदेश सरकारले हिमाली जिल्लामा इटालीबाट स्याउका बिरुवा ल्याएर किसानलाई सहुलियत अनुदानमा वितरण गर्दै आएको छ ।

यस्तै, प्राङ्गारिक मलको उत्पादनमा सरकारले जोड दिएको छ । गण्डकीको प्रमुख फलफूल सुन्तला जात फलफूलमा देखा परेको सिट्रस ग्रिनिङ रोग निदानका लागि पीसीआर परीक्षण गर्ने अर्थमन्त्री रामजी बरालले बताए ।

उनले कोल्ड स्टोर स्थापना गरेर बजारीकरणमा जोड दिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *