गण्डकी बजेट : कुश र सिलम तरुल उत्पादनको सम्भाव्यता अध्ययन गर्ने

पोखरा । गण्डकी सरकारले प्रदेशमा कुश र सिमल तरुल उत्पादनको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बाँदरबाट हुने क्षति रोक्न जंगलमा सिमल तरुल रोप्ने कार्यक्रम नीति तथा कार्यक्रम मार्फत सरकारले ल्याएको थियो । यस्तै, धार्मिक प्रयोजनमा प्रयोग हुने कुशको खेतीमा समेत सरकारले बढी चासो दिएको छ ।

यस्तै, सरकारले कृषि र पशुपन्छीको व्यावसायिक उत्पादनका लागि १५ करोड ८८ लाख विनियोजन गरेको छ । सिँचाइको पूर्वाधार बनाउन ५ करोड विनियोजन गरेको छ । यसले १ सय २५ हेक्टरमा सिँचाइ पुग्ने अर्थमन्त्री रामजी बरालले बताए ।

बाँझो जमिनलाई कृषिमा उपभोग गर्न प्रदेशमा भूमि बैंकको सम्भाव्यता अध्ययन गर्ने तथा दूध र उत्पादनका आधारमा प्रोत्साहन उपलब्ध गराउन ५ करोड छुट्याएको छ । मकैको बिउ उत्पादन गर्न र रैथाने बाली संरक्षणका लागि ५ करोड विनियोजन गरेको सरकारले जनाएको छ ।

गण्डकी सरकारले विद्यालयमा दिवा खाजा स्थानीय उत्पादनमै आधारित हुनुपर्ने नीति अवलम्बन गरेको छ । एक निर्वाचन क्षेत्र, एक उत्पादनका लागि ३६ करोड विनियोजन गरिएको छ । प्रदेशमा ३६ वटा प्रदेश निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *