गण्डकी बजेट : स्थानीय सरकारलाई करिब ४ अर्ब 

पोखरा । गण्डकी सरकारले प्रदेशभित्रका सबै स्थानीय तहलाई करिब ४ अर्ब बजेट विनियोजन गरेको छ । सरकारले विभिन्न शीर्षकका अनुदानमा २ अर्ब ११ करोड छुट्याएको छ ।

आगामी वर्षका लागि स्थानीय तहमा हस्तान्तरण हुने अनुदान बढाएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए ।

खर्चको आवश्यकता, मानव विकास सूचकाङ्कको अवस्थाका आधारमा १ अर्ब १६ करोड वित्तीय समानिकरण शीर्षकमा बजेट विनियोजन भएको छ ।

यस्तै, समपूरक ५० करोड ७० लाख, सशर्त १८ करोड १० लाख, विशेषमा २६ करोड ३० लाख विनियोजन गरेको बरालले बताए । सवारी साधन करबाट ७२ करोड राजश्व हस्तान्तरण गर्ने उनको भनाई छ ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कृषि उत्पादन कार्यक्रम कार्यान्वयन गर्न ५० करोड छुट्याएको छ भने प्रदेश र स्थानीय तहको साझेदारीमा सञ्चालन हुने कार्यक्रमका लागि ५० करोड र स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि १५ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *