काठमाडौँ महानगरमा पुनः सडक सफाइ कार्य शुरूः ५ ब्रुमर सञ्चालित, बिहीबार ४ वटा थपिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा हाल सडक सफाइका लागि पाँचवटा ब्रुमरहरू सञ्चालन भएका छन् ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निष्क्रिय भएर बसेका ब्रुमरहरूलाई पुनः सञ्चालन गरिएको बताएका छन् । उनले भने, ‘सानातिना मर्मतलगायतका कामहरू पनि नभएर लगभग निष्क्रिय भएर बसेका ब्रुमरहरुको मर्मत भएर काम शुरू हुन थालेका छन् । आजदेखि ५ वटा ब्रुमरले काठमाडौँ सफाइ गर्न थालेका छन्।’ साथै, बिहीबारदेखि ४ वटा ब्रुमरहरू थपेर ९ वटा ब्रुमरहरूले नियमित सफा गरिने उनले बताए ।

वर्षायाम भएकाले केही असहजता हुने भए पनि आवश्यक ठाउँमा सकेसम्म चाँडो पुगेर काठमाडौँलाई धुलोरहित बनाउने अभियानमा ब्रुमरहरू सहयोगीसिद्ध हुनेछन् भन्ने प्रमुख शाहको विश्वास रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *