देउवाले राष्ट्रघाती सम्झौता गर्ने खतरा बढेकाे ९ कम्युनिस्ट पार्टीकाे निष्कर्ष

काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाललाई सहभागी गराउने दस्ताबेज सार्वजनिक भएपछि विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रघाती सम्झाैता गर्ने खतरा बढेकाे निष्कर्ष निकालेका छन् ।
बुधवार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै नेकपा क्रान्तिकारी माओवादी, नेकपा (बहुमत), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, ऋषिराम कट्टेलको नेकपा, (माओवादी समाजवादी), नेकपा मसाल, जन समाजवादी मञ्चले यस्ताे निष्कर्ष निकालेका हुन् ।
विज्ञप्तिमा भनिएकाे छ, ‘यो नेपाली सेनाको सहभागिता, अमेरिकाले नेपाली सेनालाई आफ्नो सेनाको अङ्ग बनाउने र सामान्यतः दक्षिण एसिया क्षेत्र र विशेषतः चीनमाथिको सैन्य हस्तक्षेपका निमित्त नेपालका सैन्य अखडालाई निर्बाध प्रयोग गर्ने योजनामा आधारित छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी अमेरिका भ्रमणमा एसपीपीलगायत विभिन्न प्रकारका राष्ट्रघाती सम्झौताहरूमा हस्ताक्षर हुने खतरा बढेको विज्ञप्तिमा लेखिएको छ । देउवाको अमेरिका भ्रमण रद्द गर्न र राष्ट्रको अहितमा हुने गरी कुनै पनि प्रकारका सन्धि–सम्झौतामा हस्ताक्षर नगर्न उनीहरूले माग गरेका छन् ।
अगाडि भनिएकाे छ, ‘हामी सार्वभौम तथा स्वाधीन नेपालमाथि अमेरिकी साम्राज्यवादको यसप्रकारको ठाडो दबाब तथा हस्तक्षेपको घोर विरोध एवम् भत्र्सना गर्दछौँ र नेपालको सार्वभौमिकता तथा राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप नगर्न जोडदार माग गर्दछौँ ।’
विज्ञप्तिः









