गण्डकी सरकारको बजेट आज आउने

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आज बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजी बरालले दिउँसो ४ बजे संसदमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

सरकारले चालू आवको तुलनामा आगामी आवको लागि झण्डै ८ अर्ब बढीको बजेट ल्याउँदैछ । आउँदो वर्षको लागि ३६ देखि ३८ अर्ब हाराहारी बजेट ल्याउने तयारी छ । चालू आवमा ३० अर्ब ३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

बर्तमान सरकारको यो बजेट दाेस्राे तथा अन्तिम हो । यसअघिको सरकार ढलेर गत जेठ २९ गते कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 12 =