स्वयम्भूका डिएसपी मिलन केसीले जेलभित्रै पुगेर गुण्डा भेटे, परिसरले थाल्यो छानबिन

काठमाडौँ । स्वयम्भू प्रहरी वृत्तका डिएसपी मिलन केसीले गुन्डा नाइकेलाई भेटेकाे खुलेकाे छ ।

उनले गत आइतवार केन्द्रीय कारागार सुन्धारा पुगेर गुन्डा नाइके समीरमानसिंह बस्नेतलाई भेटेको खुलेको हाे ।

डिएसपीले मर्यादा विपरीत गुन्डा नाइकेलाई भेटेकाे खुलेपछि काठमाडाैँमा प्रहरी परिसरले अहिले छानबिन थालेकाे छ । छानबिनका लागि परिसरका एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाइएको हो ।

परिसरका एसएसपी सुदीप गिरीले छानबिन सुरु भएको बताउँदै पेसागत मर्यादा विपरीत गतिविधि गरे नगरेको बारे अनुसन्धान हुने बताए ।

डिएसपी केसीले भेटेका बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा छन् । डिएसपी केसी गुन्डालाई नै साथमा लिएर जेलमा पुगेको बताइएको छ ।

बस्नेत गौचन हत्याका मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । गौचनको २०७४ असोजमा हत्या भएको थियो । २ करोड रुपैयाँ चन्दा नदिँदा बस्नेतसहितको समूहले गाैचनकाे हत्या गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fourteen =