चितवनमा मोटरसाइकल र स्कुटर ठोक्कियो, एकको मृत्यु

चितवन । चितवनको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना ३९ प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाएका हुन् । ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका–३ का ६९ वर्षीय सुकबहादुर तामाङ घाइते छन् ।

स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + eighteen =