जिसस पश्चिम नवलपरासीमा एमाले विजयी

चितवन । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको प्रमुख पदमा नेकपा एमालेका भगौती यादव (रुद्धल) विजयी भएका छन् । यस्तै, उपप्रमुखमा माओवादी केन्द्रका राम दयाल चौधरी विजयी भएका छन् ।

प्रमुख यादवले ७ मन ल्याएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका बालिन्द्र विक्रम शाहीले ६ मत मात्र ल्याए । उपप्रमुखमा विजयी भएका चौधरीले ७ मत ल्याए ।

उपविजेता बनेकी नेकपा एमालेकी कुन्तीकुमारी चौधरीले ६ मत ल्याइन् । जिसस पश्चिम नवलपरासीमा पाँच दलीय गठबन्धनको ८ र नेकपा एमालेको ६ मत रहेको थियो भने राप्रपाको १ मत थियो । १४ जनाले मतदान गरेका पश्चिम नवलपरासीमा एक मत बदर भएको थियो।

पश्चिम नवलपरासी ७ वटा पालिका रहेका छन् । तीन वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख जितेको छ । नेकपा एमालेले भने दुई पालिकामा प्रमुख र उपप्रमुख जितेको छ । एउटा पालिकामा माओवादी केन्द्रले प्रमुख पदमा जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =