पूर्ण समानुपातिक संसदीय प्रणाली र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीकाे व्यवस्थामा जाऔँ : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा दोलखा–काठमाडौँ उपत्यका सम्पर्क समाजको दाेस्राे अधिवेशन उद्घाटन गर्दै लिङ्देनले देशमा देखिएको वेथिति अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन् ।

उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे ।

अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितिबाट ग्रुजिरहेको भन्दै नागरिकहरूले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उनले बताए ।

उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सवै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे ।

उनले अहिलेकाे नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =