सिस्नेरी, ठोस्ने र महादेउ खोलाको पानी काठमाडौँ ल्याउन अध्ययन हुँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज मंगलबार खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकामा खानेपानीको दीगो व्यवस्थापनका लागि नयाँ स्रोतहरू खोज्ने काम भइरहेको बताएका छन् ।

आजको संसद बैठकमा बोल्दै उनले मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोस्ने र भक्तपुरको महादेउ खोलाबाट काठमाडौँमा पानी ल्याउन अध्ययन भइरहेको जानकारी गराएका हुन् ।

साथै, उनले बर्खाका बेला मेलम्चीबाट पानी नल्याइने बताएका छन् । सुरूङमा मेलम्चीको भल पस्न सक्ने खतराका कारण पानी बन्द गरिएको र बर्खा सकिएलगत्तै पुनः मेलम्चीको पानी काठमाडौँ ल्याइने मन्त्री चौधरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *