खोकनाको टारी खेतमा रोपाइँ (तस्वीरहरू)

काठमाडाैँ । काठमाडौँ उपत्यकाको काठ क्षेत्रसहित बाहिरका क्षेत्रमा रहेका आकासे पानीको भरमा रोपाइँ हुने काँन्ला र टारीहरूमा अहिले रोपाइँको चटारो सुरु भएको छ ।

कुलो र पानीका स्राेत नहुने यस्ता टारी खेतहरूमा रोपाइँ हुने भनेकै मनसुनमा हुने झरीको भर हो । स-साना काँन्लामा आली लगाएर मनसुनको झरीले खेत भिजाइ वर्षौंदेखि यहाँका किसानहरूले रोपाइँ गर्दै आइरहेका छन् ।

न गोरु नार्न मिल्ने, न आधुनिक ट्याक्टर नै चलाउन मिल्ने स-साना काँन्लामा कोदाली र अन्य औजारले बौसे गर्दै रोपाइँ गर्नु टारी खेतको अर्को रमाइलो पक्ष हो ।

आज हामीले तस्वीर मार्फत ललितपुरको खोकनाका टारी खेतमा भएको रोपाइँ देखाउने प्रयास गरेका छौँ ।

तस्वीरः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =