जुम्लामा विपद् रोकथामका लागि पूर्वअभ्यास

काठमाडौँ । हिमाली जिल्ला जुम्लामा विपद्का घटना घट्ने याम शुरू भएसँगै रोकथामका लागि पूर्वअभ्यास गरिएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिकामा विपद्बाट जोगिनका लागि पूर्वतयारीको व्यावहारिक अभ्यास गरिएको छ । सुरक्षाकर्मीले बाढीपहिरो आएको बेला बच्ने, भिरबाट लड्दा उद्धार गर्नेदेखि ग्यास सिलिन्डरमा आगो लाग्दा निभाउने तरिकासम्म प्रदर्शन गरेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताए ।

जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा चन्दननाथ नगरपालिका- १ स्थित तिला नदी र आसपासको भिरमा व्यावहारिक अभ्यास गरेको प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले विपद् र प्रकोपका घटना हुन नदिन र भइहालेमा जोगिनका लागि व्यावहारिक अभ्यास गरेर सिकाइएको बताए ।

सुरक्षाकर्मीले भिरबाट खसेको व्यक्तिलाई डोरीको माध्यमबाट उद्धार गर्नेदेखि नदीमा बगेको वस्तुलाई डोरी लगाएर बाहिर निकालेको र ग्यासमा लागेको आगो निभाएको बारेमा व्यावहारिक अभ्यास गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *