देशभर थप ५३ हजार शिक्षक दरबन्दी आवश्यक रहेको शिक्षामन्त्रीको भनाइ

काठमाडाैँ । शिक्षामन्त्री देवेन्द्र पाैडेलले देशभर ५३ हजार शिक्षक दरबन्दी रिक्त रहेकाे बताएका छन् ।

प्रतिनिधिसभाकाे बैठकमा उठेका प्रश्नहरूकाे जवाफ दिँदै मन्त्री पाैडेलले शिक्षक दरबन्दी मिलान प्रतिवेदनका अनुसार प्रत्येक सामुदायिक विद्यालयमा न्यूनतम शिक्षक सुनिश्चित गर्नका लागि ५३ हजार शिक्षक दरबन्दी आवश्यक रहेको बताएका हुन् ।

त्यस्तै, उनले १२ हजार भन्दा बढी शिक्षककाे स्थानान्तरण गरी दरबन्दी मिलान गर्नुपर्ने रहेकाे बताए ।

उनले भने, ‘उक्त प्रतिवेदनअनसार १२८३५ शिक्षकको स्थान्तरण गरी मिलान गर्नुपर्ने हुन्छ । सो संख्यामध्ये ९४९६ जना शिक्षक सम्बन्धित स्थानीय तहभित्र नै मिलान हुने एवं ३३३९ जना शिक्षकको जिल्लान्तर सरुवाबाट मिलान हुने पर्ने अवस्था छ ।’

त्यस्तै, उनले स्थानीय तहभित्र मिलान हुनुपर्ने ८५०० शिक्षककाे दरबन्दी मिलान भइसकेकाे बताए । ‘स्थानीय तहभित्र नै मिलान हुनुपर्ने संख्यामध्ये ८५०० जना शिक्षकको मिलान सम्पन्न भै सकेको छ र बाँकी ९९६ जना शिक्षकको मिलान चालु शैक्षिक सत्रमा नै मिलान गरिसक्ने लक्ष्य रहेको छ,’ उलने भने, ‘जिल्लान्तर सरुवाबाट मिलान हुनु पर्ने संख्यामध्ये १४८६ जनाको जिल्लान्तर सरुवाबाट मिलान सम्पन्न भैसकेको छ भने बाँकी संख्या यसै शैक्षिक सत्रभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।’

न्युन रहेको शिक्षक दरबन्दी आपूर्तीका लागि यसै वर्ष माध्यमिक तहमा गणित, विज्ञान र अंग्रेजी विषयका ४७५० जना र आधारभूत तह कक्षा ६-८ मा २६०० जना गरी ७३५० जना शिक्षक व्यवस्थाका लागि बजेट व्यवस्था गरिएको मन्त्री पाैडेलले बताए ।

त्यस्तै, उक्त संख्याका अतिरिक्त प्राविधिक विषयमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नका रूपमा परिचालन गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *