मूल्यवृद्धिकाे विराेधमा नेकपा (बहुमत)काे प्रदर्शन

काठमाडाैँ । विभिन्न वस्तुमा भएको मूल्यवृद्धिको विराेधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थ लगाएत उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिको बिरुद्धमा नेकपा बहुमतले मंगलबार काठमाडौँको माइतीघरमा विराेध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले बढ्दो महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले जनतालाई समस्या पर्ने गरि मूल्यवृद्धि गर्दा पनि राज्यमा बस्नेहरू मौन रहेको आरोप लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =