जिसस चितवनमा मतले होइन, भाग्यले जितायो एमालेलाई

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी निर्वाचित भएका छन् । गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी भएका छन् ।

जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

पाँच दलीय गठबन्धन र नेकपा (एमाले)को सात/सात मत बराबर भएपछि गोला प्रथा गरिएको हो । गोलाप्रथाबाट जिसस प्रमुखमा अधिकारीसहित ६ सदस्यीय नेकपा एमालेबाट आएका छन् ।

पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका हुन् ।

उपप्रमुखमा यसअघि नै नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध भइसकेकी छन् । नेकपा एमालेले उपप्रमुखमा एकीकृत समाजवादीलाई साथ दिएको भए पनि अन्तिममा एमालेलाई समाजवादीले धोका दिएको थियो । तर पनि गोलाप्रथाबाट एमालेको जिसस प्रमुखसहित ६ सदस्यीय आएको छ ।

जिल्लाका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *