सिक्किममा लाग्याे ‘कबड्डी-४’ माथि प्रतिबन्ध

काठमाडौँ । भारतकाे पूर्वी राज्य सिक्किममा दयाहाङ राईकाे चलचित्र ‘कबड्डी ४’ प्रदर्शन नहुने भएकाे छ ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यभर चलचित्र प्रदर्शन नहुने बताएका हुन् । तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताएका हुन् ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ ।’

सिक्किममा कबड्डी-४ शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *