कार्यसूचीबाट ‘अर्थ मन्त्रालय’ हटाउन एमालेकाे माग

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंगलबारकाे प्रतिनिधि सभा बैठककाे कार्यसूचीबाट ‘अर्थ मन्त्रालय’ हटाउन माग गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्मामाथि प्रश्न उठिरहेकाे अवस्थामा अर्थ मन्त्रालयमाथिकाे बजेटमाथि छलफल गर्न नसकिने उल्लेख गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘अर्थमन्त्री; जाे आफैँमाथि प्रश्न उठिरहेकाे छ । यस्ताे अवस्थामा हामी अर्थ मन्त्रालयलाई परेकाे बजेटमाथि छलफल गर्न तयार छैनाैँ । यसबारे विचार गरियाेस् । नेकपा एमाले आजकाे बैठककाे कार्यसूचीबाट अर्थ मन्त्रालय नहटाइकन छलफल गर्न तयार छैन ।’
आजकाे कार्यसूचीकाे ९ नम्बरमा अर्थ मन्त्रालयमाथि छुटिएकाे बजेटमाथिकाे छलफल राखिएकाे छ ।
अर्थमन्त्रीकाे राजीनामा माग
एमालेले अर्थमन्त्री शर्माकाे मागेकाे छ । त्यस्तै उसले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसद्मा जवाफ दिनुपर्ने बताएकाे छ । सांसद सुरेन्द्र पाण्डले भनेका छन्, ‘अर्थमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ विगतकाे इतिहासलाई हेर्दै । त्यस्तै प्रधानमन्त्रीले पनि संसद्मा जानकारी दिनुपर्छ ।’








