भैरहवा पुगेको जजिराको जहाज फेरि काठमाडौँ फर्कियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने जजिरा एयरको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा पुगेर फर्किएको छ । कुवेतबाट आएको जहाज बिहान काठमाडौँको मौसम खराब भएपछि जहाज भैरहवा पठाइएको थियो ।

काठमाडाैँबाट पठाइएकाे जहाज बिहान ४:३६ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे सूचना अधिकारी यज्ञप्रसाद न्यौपानेले मकालुखबरलाई जानकारी दिए । त्यहाँ करिब डेढ  घन्टा बिताएर जे नाइन ५४१ जहाज ६:२२ बजे काठमाडौँका लागि उडेकाे थियाे ।

जहाज अहिले काठमाडौँ फर्किसकेको छ । भैरहवाबाट बिहान करिब ६ः५० बजे जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हाे ।

यसअघिसम्म काठमाडौँको मौसम खराब भएपछि जहाज भारत पठाउने गरिएकोमा अहिले भैरहवा विमानस्थल सञ्चालनमा आएपछि सजिलो भएको छ । ‘यो विमानस्थल सञ्चालनमा नआउँदासम्म काठमाडौँको मौसम खराब भएपछि जहाज भारत पठाउने गरिएको थियो,’ सूचना अधिकारी न्यौपानेले भने, ‘अहिले सजिलो भएको छ, काठमाडौँ मौसम खराब भए यहाँ र यहाँ अवतरणमा समस्या देखिए काठमाडौँ पठाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *