नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मडै निर्विरोध

टोकियो । नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मोहनसिंह मडै निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न ६औँ अधिवेशनबाट सभापतिमा मडैसहित १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
किरण बर्माको सभापतित्वमा सम्पन्न अधिवेशनले उपसंयोजकमा कृष्ण हरि पाठक, रिपु हरि सापकोटा र सुरज महत चयन गर्दा सचिवमा उपेन्द्र भट्टराई चुनिए । सहसचिवमा सुरेश बाबु कट्टेल र शिशिर सुवेदी चयन भएका छन् भने कोषाध्यक्षमा मीनु सापकोटा तथा सह कोषाध्यक्ष इन्द्र पौडेल र विश्व राज उप्रेती निर्विरोध भए ।
कार्यसमितिको सदस्यमा सरोज अधिकारी, रमेश साउँद, लोकेन्द्र धामी, सन्तोष न्यौपाने र लक्ष्मी उप्रेती चयन भएका छन् । निर्वाचन कमिटीमा संयोजक शिशिर ज्ञवाली थिए भने रमेश खड्का र कविराज अवस्थी सदस्य थिए । अधिवेशनमा नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाका संस्थापक सभापति किरण बर्मा, नेपाली जनसम्पर्क समिति जापानका सभापति लाल बहादुर केसी (रोशन), पूर्व सभापति तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि नारायण सुवेदी, डा बलराम श्रेष्ठलगायत अतिथि थिए ।
जनसम्पर्क समिति जापान केन्द्रीय सदस्य शिशिर ज्ञवालीका अनुसार ६औँ अधिवेशनमा जनसम्पर्क समितिका उपसभापति तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रामकृष्ण बम मल्ल, पीताम्बर चापागाईँ, नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य जितेन्द्र केसी, अशोक शर्मा, एनआरएनए आइसिसी कोषाध्यक्ष टंक गैरे, सदस्य सुपेन्द्र घिसिङ, एनआरएनए जापानको सचिव देवराज उप्रेतीलगायतको सहभागिता रहेको थियो ।








