कबड्डी-४ विरुद्ध काठमाडौँ प्रशासनमा उजुरी दर्ता

काठमाडौँ । यतिबेला देशभर प्रदर्शन भइरहेको नेपाली चलचित्र कबड्डी-४ विरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा उजुरी दर्ता भएको छ ।

बौद्ध धर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै चलचित्रविरुद्ध उजुरी परेको हो । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका निवासी रोबिन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै आज सोमबार काठमाडौँ प्रशासनमा पुरावेदन दर्ता दिएका हुन् । पुनरावेदनमा चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाइएको छ ।

उजुरीमा भनिएको छ, ‘कबड्डी –४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतिका दृश्यहरू बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मान मर्यादामा गम्भीर हानी नोक्सानी पुर्याई अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदाहुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’

यसअघि, तत्काल सो फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।

विज्ञप्ति:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *