बुढीगण्डकी आयोजनामा घरगोठ र बोटबिरुवाको एकैदिन ३ अर्ब मुआब्जा वितरण

पोखरा । बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाले घरगोठसँगै बोटबिरुवाको पनि मुआब्जा दिन थालेको छ । प्रभावित क्षेत्रको घरगोठको दोस्रो चरणको मुआब्जा वितरण सुरु भएका हो ।

शुक्रबार २ हजार ५ सय ६९ जना लाभग्राहीको ३ अर्ब दुई करोड मुआब्जा रकम पठाइएको आयोजनाले जनाएको छ । यसअघि ८ सय लाभग्राहीको १ अर्ब ७० करोड रुपैयाँ मुआब्जा बैङ्क खातामा हालिएको थियो ।

अझै ५ सय लाभग्राहीको मुआब्जा दिन बाँकी रहेको आयोजनाको मुआब्जा, वातावरण पुनर्वास तथा पुनर्स्थापना इकाईका प्रमुख जगतकुमार श्रेष्ठले बताए । उनका अनुसार अब मुआब्जाका लागि १ अर्ब रुपैयाँ बाँकी छ ।

तर स्थानीयले भने मुआब्जा रकम निकै कम भएको गुनासो गरेका छन् । आयोजनाले गोरखा र धादिङमा आयोजनासँग जोडिने ४४ हजार ९ सय ८८ रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेको छ । हालसम्म ३४ अर्ब ९ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको आयोजनाले जनाएको छ । घरगोठको मुआब्जाबारे भने गत चैतमा मात्रै निर्णय भएको हो ।

बुढिगण्डकीबाट १२ सय मेगावाटको बिजुली निकाल्ने लक्ष्य छ । तर निर्माण कसरी गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सरकार पिच्चे परियोजनाको प्रक्रिया फरक हुन्छ । जसका कारण आयोजना बन्नेमै स्थानीयहरू शङ्का गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *