पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन भदौमा हुने

पोखरा । पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशन भदौमा हुने भएको छ । आइतबारको बोर्ड बैठकले भदौको २४ र २५ गतेलाई महाधिवेशन तोकेको हो ।

पोखरा उद्योग वाणिज्य संघको महाधिवेशन हरेक २ वर्षमा हुन्छ । उक्त महाधिवेशनले २ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । निर्वाचनका लागि पूर्वअध्यक्ष दीपक श्रेष्ठको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको छ ।

महाधिवेशनका लागि असार मसान्तसम्म सदस्यता नवीकरण गर्नुपर्ने छ । महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना, औद्योगिकबाट १ जना तथा बस्तुगतबाट ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनीत गर्ने विधानमा उल्लेख छ । कोरोनाका कारण वर्तमान नेतृत्वले भने पुरै कार्यकाल चलाउन पाएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *