चितवनमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते
२०७९ जेठ २९ गते

भरतपुर । चितवनको रत्ननगरमा कारको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
चितवन रत्ननगर नगरपालिका वडा नं ५ मगरटोलस्थित भित्री सडकखण्डमा बा २० च ४११४ नं को कारले सँगै हिँडेका दुई पैदलयात्रीलाई ठक्कर दिँदा स्थानीय ४२ वर्षकी सेतीमाया घलान (अधिकारी)को घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
त्यस्तै, कारको ठक्करबाट रत्ननगर ५ की ५५ वर्षकी राधिका बोटे घाइते भएकी छन् । घाइते बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
ठक्कर दिने कार इलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीको नियन्त्रणमा रहेको छ भने फरार कार चालकको खोजी कार्य जारी छ ।
२०७९ जेठ २९ गते
प्रतिक्रिया
सम्बन्धित








