माछा मार्ने क्रममा तनहुँमा दुईजनाकाे मृत्यु

पोखरा । माछा मार्ने क्रममा तनहुँमा दुईजनाको मृत्यु भएको छ ।

तनहुँको भानु नगरपालिका-२ का २२ वर्षीय सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको खोलामा माछा मार्ने क्रममा मृत्यु भएको हो । दुवै चुँदी खोलामा पौडी खेल्दै माछा मार्दै गर्दा अचानक डुब्न पुग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साढे ४ बजे दाजुभाइ माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटेका हुन् । दुवै शव निकालेर पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *