सरकारलाई २७ अर्बको दायित्व छ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले नयाँ धेरै कार्यक्रम नै नल्याएको बताएका छन् । अघिल्लो सरकारले बहुवर्षीयको नाममा थुपारेको दायित्व अर्थात् ऋणका कारण अरु दुई/तीनवटा सरकारले यस्तै समस्या झेल्नुपर्ने बताएका हुन् । नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै राईले अघिल्लो सरकारले २७ अर्बको दायित्व अहिलेको सरकारलाई बोकाएर गएको बताए ।

अहिले सरकारसँग बहुवर्षीय ठेक्का लागेका योजनाहरू ५४ अर्ब ८० करोडको रहेकोसमेत उनले सदनलाई जानकारी दिए । ८५ वटा पक्की सडकमा एउटा सडकको ५० करोडको दरले ३२ अर्ब ५० करोडको दायित्व रहेको पनि सुनाए । त्यस्तै घिनाघाट-विराटचोक सडकको १ अर्ब ५५ करोड, ८५ वटा ग्रामिण सडकको १७ अर्ब, ७५ वटा पक्की पुलको ३ अर्ब ७५ करोड बहुवर्षीय सडकको नाममा दायित्व सरकारसँग रहेको स्पष्ट पारे । ‘अहिले सरकारको वार्षिक पूँजीगत खर्च १२ अर्बको हाराहारीमा छ,’ उनले भनेका छन्, ‘यो अवस्थामा अरु २/३ वटा सरकारलाई यो समस्या आउने छ।’

यो ५ वर्षको अवधिमा सरकारको श्रोत ३० अर्बभन्दा ननाघेको बताएका राईले आगामी ५ वर्षको बजेटिङ अघिल्लो सरकारले गरेर गएको गुनासो गरे । ‘अघिल्लो सरकारको पालामा बजेट बनाउने बारेमा गम्भीर त्रुटि भएको छ,’ उनले भने, ‘राजश्व अनुमान गलत गर्‍याे । त्यो कहिल्यै भेट खाएन ।’ अहिले हिसाब गर्दा अझै २७ अर्बको दायित्व रहेको र विमानस्थलको मुआब्जाको बारेमा पनि ७ अर्ब तिर्नुपर्ने सम्झौता रहेकोले त्योसमेत गर्दा अहिले सरकारको ३४ अर्ब ऋण रहेको उनले सुनाए ।

उनले सोचेर बुझेर बजेट बनाउँदा पनि आफूले सोचेको जस्तो बजेट ल्याउन नसक्ने बताए । सरकार आर्थिक अप्ठेरोमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =