तनहुँमा चितुवाको आक्रमणबाट बालिका घाइते

पोखरा । तनहुँको बन्दीपुरमा चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । बन्दिपुर ४ स्थित टावरमा शनिबार साँझ ८ बजेतिर चितुवाले आक्रमण गर्दा ८ वर्षीया रियाना थापा घाइते भएकी हुन् ।

घरमै बसिरहेको अवस्थामा उनीमाथि आक्रमण गरेको हो । थापाको डुम्रेस्थित एक मेडिकलमा उपचार गरिएको छ । अहिले अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *