पोखरामा बिजुलीको तार अन्डरग्राउण्ड गरिने, केही दिनभित्रै काम सुरु हुने

पोखरा । पोखरा महानगरको मुख्य सडकको बिजुली तार अन्डरग्राउन्ड गरिने भएको छ । सहरी विद्युत् वितरण प्रणाली सुदृढीकरण र सहरी सौन्दर्यीकरणका लागि लेखनाथ देखि पोखरासम्मको बिजुली तारलाई भूमिगत गर्न लागिएको हो । यसका लागि विद्युत् प्राधिकरणले एडिबीसँग सम्झौता गरिसकेको छ ।

केही दिनबाटै काम सुरु हुने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार पोखराको सहरी विद्युतीकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत् प्राधिकरणका बीचमा यस अगाडि नै सम्झौता भैसकेको छ ।

यो काम पनि केही दिनमै सुरु हुने बताइएको छ । स्मार्ट लाइट राख्नका लागि महानगरले समानीकरण कार्यक्रम अन्तर्गत ५ करोड भुक्तानी दिइसकेको छ । पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडक लाइट जडानका लागि थप योजना बनाउने घिसिङले बताए । मुख्य बजार क्षेत्रको विद्युत्लाई भूमिगत गर्ने कार्यक्रम जतिसक्दो छिटो सिद्ध्याउने मेयर धनराज आचार्यले बताए । घिसिङ र आचार्यबिच शनिवार पोखरामा भेटघाट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *