ककनीमा एक व्यक्ति ४ घण्टादेखि हाइटेन्सन लाइनमा सवार, सुरक्षाका लागि पावर हाउस बन्द

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका–७ मा ४ घण्टादेखि एक व्यक्ति विद्युत्‌काे पोलमा सवार छन् ।

आज शनिबार बिहान १० बजेदेखि पोलमा चढेका उनी अहिलेसम्म तारमा हिँडिरहेका छन् । ज्यान जान सक्ने भन्दै प्रहरी र स्थानीयले ओर्लन भन्दा समेत उनी ओर्लन मानेका छैनन् । विद्युतको पोलमा चढेर हाइटेन्सन लाइनमा यताउता गरिरहेका उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला विक रहेको बुझिएको छ । स्थानीयका अनुसार उनी बिजुली नभएको समयमा पोलमा चढेका हुन् । प्रहरीहरूले उनलाई मासुभात खान दिने भन्दै भुइँमा ओर्लन फकाइरहेका छन् ।

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *