बेपत्ता युवकको शव इनारमा फेला

काठमाडौँ । कपिलवस्तुमा एक बेपत्ता युवकको शव इनारमा फेला परेको छ ।

तीन दिनदेखि बेपत्ता कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका युवक अर्जुन कहारको शव आज शनिबार इनारमा डुबिरहेको अवस्थामा भेटिएको हो । श्रीराम गोरखा माध्यमिक विद्यालय नजिकको इनारमा कहारको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार कहारको शव परीक्षणका लागि शिवराज अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *