हुम्लाको चंखेलीमा आगलागी, तीन घर जलेर नष्ट

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिका-४ मा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । शनिबार बिहान करिब साढे १ बजेको समयमा आगलागी भएको हो ।

प्रहरी चौकी मेलछापका अनुसार चंखेली गाउँपालिका-४ पिप्लाङ का कर्णबहादुर शाहीको घरमा कविद्युतको तार सर्ट भई आगलागी हुँदा घरमा आगो सल्किएको थियो । उक्त आगलागीबाट कर्णबहादुर शाहीको २ वटा कच्ची घर र सोही ठाउँका जयबहादुर शाहीको १ वटा कच्ची घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

यस्तै, शेरबहादुर पालको २ वटा कच्ची घर जली आंशिक क्षति भएको छ । उक्त आगलागीबाट पशुचौपाय र मानवीय क्षति भने नभएको प्रहरीको भनाई रहेको छ । हाल स्थानीय तथा प्रहरीकाको सहयोगमा आगोलाई नियन्त्रणमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *