कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रदेशसभाको १०औं अधिवेशनको ११औं बैठकमा सभामुख राजबहादुर शाहीले नीति तथा कार्यक्रम पारितका लागि सभामा प्रस्ताव पेश गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीलाई समय दिएका हुन् । त्यसैगरी, सभामुखले कर्णाली प्रदेशसभा नियमावली, २०७४ लाई दोस्रो संशोधन गर्न गठित समितिको प्रतिवेदन सभासमक्ष पेश गर्न समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई समय दिए ।

प्रदेशसभामा दुई दिनसम्म छलफल गरिएको प्रदेश सरकारको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *