चौकुने कार्यपालिकाको निर्णय : भ्रष्टाचारका विषयमा छानबिन समिति गठन गर्ने

सुर्खेत । जिल्लाको चौकुने गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले अनियमितता तथा भ्रष्टाचारको छानबिनका लागि समिति गठन गर्ने भएको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकले विगत पाँच वर्ष भित्र गाउँपालिका भित्र भएका अनियमितता तथा भ्रष्टाचारको विषयमा छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै, पालिकाले विषयगत समिति गठन, निवर्तमान जनप्रतिनिधिहरूको पाँच वर्षको खर्च विवरण सार्वजनिक गर्ने, नवनिर्वाचित जनप्रतिनिधिको सम्पत्ति विवरणसँगै प्रत्येक एक वर्षमा खर्च विवरण समेत सार्वजनिक गर्ने र विभिन्न योजनाका ठेक्का लागि समयमा काम सम्पन्न नगरेका, गाउँपालिकाको सम्पर्कमा नआएका ठेकेदार कम्पनी माथि कारबाही प्रक्रिया तुरुन्त अघि बढाउने निर्णय गरेको अध्यक्ष खड्क विकले जानकारी दिए ।

अध्यक्ष विकका अनुसार पालिकाले गाउँपालिकाको शिक्षा ऐन ,हेभी ईकुइप्मेन्ट सञ्चालन ऐन लगायत निर्माण गरिएका विभिन्न ऐन तथा कार्यविधिलाई आवश्यक अनुसार संशोधन गर्ने, नवनिर्मित गाउँपालिकाको भवनको गुणस्तर मापन गर्ने र असुलउपर गरिनु पर्ने बेरुजु तुरुन्त असुलउपर गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *