सामाजिक सञ्जालमार्फत् नाबालिका तथा महिलाको चरित्रहत्या गरेको अभियोगमा पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ स्थायी वतन भई हाल काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।

अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले बिकेशलाई धुलिखेल नगरपालिका-६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेकोले भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूउपर जिल्ला अदालत काठमाडौँको आदेशले ५ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *