पोखराका मेयर आचार्य ढल सफा गर्न आफैँ सडकमा

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नगरक्षेत्रको ढल तथा नाला सफाई अभियानमा निस्किएका छन् ।

शुक्रबार विहानदेखि पोखराको ढल तथा नाला सफाई अभियान सुरु भएको हो । पृथ्वीचोकबाट सेती नदीसम्मको ढल सफा गरिएको महानगरले जनाएको छ ।

नगरको सफाईसँगै थुनिएर रहेका ढलहरू खोतल्ने र सफा राख्ने अभियान सुरु गरिएको मेयर आचार्यले बताए ।

‘सरसफाई त महानगरको निरन्तर काम नै हो । यसपाली ढल र नालामा पनि फोकस गर्न लागेका छौं,’ उनले भने । अब निरन्तर ३ दिनसम्म ढलभित्र पसेर सफाई कार्यक्रम चलाइने उनको भनाई छ । ढल निकास नयाँ हिसावले गर्न महानगरले डिजाइन बनाएको र त्यसअघि पूरानै ढल र नालालाई सफा गरेर नियमित चल्ने बनाउन लागिएको उनले बताए ।

पोखराको फोहोर व्यवस्थापनका लागि महानगरले नयाँ ल्याण्डफिल बनाउने निर्णय कार्यपालिकाबाट गरिसकेको छ । पोखरा ३३ भरतपोखरीमा ल्याण्डफिल बनाएर नियमित रुपमा फोहोर उठाइने आचार्यको भनाइ छ ।

ढल सफाई अभियानमा जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *