गोरखामा पहिरोले घर सहित मोटरेवल पुल बगायो

पोखरा । अविरल वर्षाका कारण गोरखामा पहिरोले घर र मोटरेवल पुल बगाएको छ ।

पालुङटार ६ मा एउटा घर, वडा नम्बर ९ मा मोटरेवल पुल र ठाउँठाउँमा हजारौं रोपनी खेत बगाएको हो । त्यस क्षेत्रमा विहिबार रातीदेखि निरन्तर वर्षा भैरहेको छ । यस्तै, स्थानीय सेरा बजार पनि जोखिममा परेको पालिका प्रमुख विवश चिन्तनले जानकारी दिए ।

वडा नम्बर ६ स्थित कल्लेरीमा केशरबहादुर थापाको घर बगाएको र उनको परिवार अहिले त्रिपालमुनि बसिरहेको छ । थप ८ घर पहिरोले क्षतिग्रस्त छन् । उखुबारीको बस्तीमा माथिबाट आएको पहिरोले ४ घर उच्च जोखिममा रहेको बताइएको छ ।

पालुङटार ९ जोगीबेंशीको राममाया कुँबरको घर खोलाले क्षतिग्रस्त बनाएको छ । गाउँ नजिकबाट बग्ने चुतीखोलाको बाढीले सेराबजार उच्च जोखिममा परेको वडाध्यक्ष भोजराज पाण्डेले जानकारी दिए । त्यहाँका ३ हजार ५ सय रोपनी भन्दा बढी खेत पुरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *