आबुखैरेनी दुर्घटना : कार र २ माेटरसाइकल नदीमा खसे, २ शव फेला

पाेखरा । शुक्रबार बिहान मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको आबुखैरेनी गाउँपालिका ४ मा भएको दुर्घटनामा परेका २ जनाको शव फेला परेको छ ।

सो स्थानमा शुक्रबार बिहान करिब ४ः३० बजे बा १० च ४६७९ नम्बर लेखिएको कारको हुटर मात्र फेला परेको छ भने कारको अवस्था र त्यसमा रहेका व्यक्तिको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरिक्षक उमेश काफ्लेको कमाण्डमा गएको गोताखोर सहितको टोलीले उद्दार गर्ने क्रममा ग १५ प २९५३ नम्बरको मोटोरसाइकलमा सवार अनुमान गरिएका गोरखा सिरानचोक घर भएका वर्ष ३५ को केशव घिमिरे र अर्का एक व्यक्तिको शव निकालेको छ भने बा ३३ प १०८१ नम्बरको मोटरसाइकल हराइरहेको र सो मोटरसाइकला सवार व्यक्ति सुरक्षित रहेको बुझिएको छ ।

दुर्घटनामा परेका अन्य तीन जना भने सकुसल रहेका छन् । सडकमा गुडिरहेको कार र मोटरसाइकल सडक भासिएसँगै दुर्घटनामा परेका थिए ।

मुग्लिङ्ग सडक खण्डअन्तर्गत पावर हाउस नजिकै रहेकाे दुर्घटनास्थलकाे सडक पूरै भासिँएर अवरुद्ध बनेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *