रामवीर मानन्धरकाे माग- मेराे अध्यक्षतामा ‘फाेहाेर व्यवस्थापन समिति’ बनाेस्

काठमाडाैँ । नेकपा एमालेका सांसद रामवीर मानन्धरले आफ्नाे अध्यक्षतामा फाेहाेर मैला व्यवस्थापन समिति बनाउन माग गरेका छन् । शुक्रबार संसद्‌मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे माग गरेका हुन् । ‘काठमाडाैँमा अस्तव्यस्त फाेहाेर मैला छन्,’ उनले भनेका छन्, ‘यसकाे व्यवस्थापन मैले मात्रै गर्नसक्छु । त्यसैले मैले यसअघि काठमाडाैँकाे मेयरमा समेत आकांक्षा देखाएकाे थिएँ । तर त्याे भएन । अब मेराे अध्यक्षतामा फाेहाेर व्यवस्थापन संसदीय समिति बनाइयाेस् । यसपछि म फाेहाेर मैला व्यवस्थापन गरेर देखाउँछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eleven =