सुन्दरबजारमा लगातार बागी उठेका कांग्रेस नेता मिश्र एमाले प्रवेश

पोखरा । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएर सम्मानजनक मत ल्याएका कांग्रेसका पुराना नेता द्वारिकाप्रसाद मिश्र एमाले प्रवेश गरेका छन् ।

मिश्रले स्थानीय निर्वाचनमा ४ हजार ४ सय मत ल्याएका थिए । उनलाई करिब ६ सय मतान्तरले एमाले उम्मेदावार भवानी केसीले हराएकी थिइन् । उनकै कारण गठबन्धन उम्मेदावार निकै फराकिलो मतान्तरले पराजित भएका थिए । मेयरमा भने कांग्रेस उम्मेदवार विजयी भएका थिए । २०७४ को स्थानीय निर्वाचनमा पनि उनी मेयरमा उठेका थिए । तत्कालीन समयमा २ हजार ७ सय ३० मत पाएका थिए ।

सुरुवाती राजनीतिमा एमालेमै सक्रिय उनी पछि कांग्रेस छिरेर सुन्दरबजार नगरपालिकाको नगरसभापति समेत बने । अहिले पुन: उनी एमालेमै फर्किएका हुन् । मिश्रसहित १ सय ९ जना एमाले प्रवेश गरेका एमाले लमजुङको दाबी छ ।

काम गर्ने ठाउँ नपाएका कारण एमाले प्रवेश गरेको मिश्रले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *