जिसस बागलुङको प्रमुखमा जनमोर्चाका थापा सर्वसम्मत

पोखरा । जिल्ला समन्वय समिति बागलुङमा गठबन्धन उम्मेदवार अमर थापा सर्वसम्मत प्रमुखमा चयन भएका छन् ।

राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका उनी सर्वसम्मत जिसस प्रमुखमा निर्वाचित भएका हुन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका होमनाथ शर्मा चयन भएका छन् । बाँकी सातैजना सदस्य पनि गठबन्धनबाटै चयन भएका मुख्य निर्वाचन अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

महिला सदस्यमा नेपाली कांग्रेसबाट हरिकला पौडेल, एकीकृत समाजवादीकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाकी धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् भने अल्पसंख्यक दलित सदस्यतर्फ नेपाली कांग्रेसकी कौशीला विक र खुल्ला सदस्यतर्फ माओबादी केन्द्रका हर्क बहादुर पाण्डे, कांग्रेसका टेक बहादुर अर्गेजा र पदम बहादुर क्षेत्री निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *