काठमाडौँका मेयर बालेन र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बालेनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । मेयर बालेनको प्रधानमन्त्री देउवासँग यो दोस्रो भेट हो । बालेनले यसअघि पनि बालुवाटार नै पुगी प्रधानमन्त्री देउवासँग नयाँ कार्यकालको शुरुवातका अवसरमा शिष्टाचार भेट गरिसकेका छन् । सो भेटमा देउवाले बालेनलाई ५ वर्षे कार्यकाल सफल पार्न सघाउने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।

अघिल्लो भेटमा प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि आश्वासन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =