जुम्लाको तिला–८ मा आगलागी, घर जलेर नष्ट

सुर्खेत । जुम्लाको तिला गाउँपालिका–८ मा आगलागीबाट घर जलेर नष्ट भएको छ ।

प्रहरी चौकी रारालीही जुम्लाका अनुसार बुधबार राति साढे १२ बजेको समयमा तिला–८ का विरमान नेपालीको घर जलेर नष्ट भएको हो । नेपालीको ढुङ्गा माटोले बनेको २ तले घरमा अचानक आगलागी हुदाँ घर र घरभित्र रहेका सबै समानहरूमा क्षेती पुगेको छ ।

प्रहरीले नेपालीको घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको जनाएको छ । आगो निभाउने क्रममा घरधनी नेपाली सामान्य जली घाइते भएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयको सहयोगमा बुधबार राति नै १२ बजेर ५० मिनेट जाँदा आयो नियन्त्रणमा आएको हो ।

यस्तै, सुर्खेतको लेकबेसी नगरपालिका–३ गगन पोख्रेलको १ तले कच्ची घर पनि आगलागीमा जलेर नष्ट भएको छ । आज बिहीबार बिहान ९ः४५ बजेको समयमा घरमा खाना बनाउने क्रममा आगो सल्किएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीबाट पोख्रेलको घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात गरेर करिब ५०-६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट कुनै पनि मानवीय तथा पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *