चुनावकाे दिन बानेश्वरमा सिलिण्डर विस्फाेट गर्ने ४ जना पुर्पक्षका लागि थुनामा

काठमाडाैँ । स्थानीय निर्वाचनकाे दिन बिहान बानेश्वरमा बम विस्फाेट गराई आतंक मच्चाउने ४ जनालाई जिल्ला अदालत काठमाडाैँले पुर्पक्षका लागि थुनामा पठाएकाे छ ।

बैशाख ३० गते बिहान २ बजेकाे समयमा नयाँ बानेश्वरस्थित दृष्टि आँखा केन्द्रमा सिलिन्डर विस्फाेट गराउने ४ जनालाई अदालतले थुनामा पठाएकाे हाे ।

प्रहरीले घटनामा संलग्न रहेकाे आरोपमा गाेरखा जिल्ला लखन गाउँपालिका घर भइ काठमाडाैँकाे कपन बस्दै आएका २९ वर्षीय हरिकृष्ण थापा, काभ्रेकाे तेमाल गाउँपालिका वडा नं. ९ घर भई ललितपुर बस्ने २८ वर्षीय करण श्रेष्ठ, भोजपुर रामप्रसाद राई गाउँपालिका ६ घर भइ भक्तपुर बस्ने २८ वर्षका युवराज थापा र खाेटाङ कोटेहाङ ८ घर भइ काठमाडाैँमा बस्ने वर्ष ३६ भरत कुमार राईलाई प्रकाउ गरेकाे थियाे ।

उनीहरूमाथि विस्फाेटमार्फत सर्वसाधारण जनतामा डर, त्रास फैलाई स्थानीय तहको निर्वाचन बिथोल्ने र भूमिगत गिरोहको नाममा जनतामा आतंक मच्चाई आर्थिक उपार्जन गरेकाे कसुरमा प्रहरीले मुद्दा दायर गरेकाे थियाे ।

अदालतले उनीहरू चारै जनालाई पुर्पक्षका लागि थुनामा पठाएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *