जिसस दैलेखको प्रमुखमा स्वतन्त्रका नमराज शाही विजयी

सुर्खेत । जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुख पदमा स्वतन्त्रका उम्मेदवार नमराज शाही विजयी भएका छन् ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति समेत रहेका शाहीलाई नेकपा एमालेले निर्वाचनमा सघाएको थियो ।

एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् । उनले निर्वाचन आयोगबाट खरायो चिन्ह प्राप्त गरेका थिए ।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी दुर्गा श्रेष्ठ ९ मत प्राप्त गरेकी छन् ।

उपप्रमुखमा एमालेका केशवबहादुर शाही विजयी भएका छन् । उनले ११ मत ल्याउँदा उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत पाएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *