बाटो खन्दै गर्दा डोजरले फालेको ढुंगाले लागेर स्कुल हिँडेका बालकको मृत्यु

काठमाडौँ । गुल्मीको मुसिकोट नगरपालिकामा सडक निर्माणको क्रममा डोजरले फालेको ढुंगा लागेर एकजना विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं ३ का १४ वर्षीय गगन रायमाझीको रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुंगाले लागेको थियो । डोजरले बाटो खन्दै गर्दा फालेको ढुंगाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रनाउ खरेलले जानकारी दिए ।

स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि गुल्मी अस्पताल लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । अहिले बालकको शवलाई पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *